बालकृष्णजीले आफूलाई निर्दोष साबित गर्छु भन्नुभएको छ : अर्थमन्त्री महत
काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको र त्यसलाई साबित गर्ने कुरा पार्टीसँग राखेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । आफूलाई निर्दोष साबित गर्छु भनेपछि नै पार्टीको कारबाही प्रक्रिया निष्कर्षमा नपुगेको महतको दाबी छ ।
मंगलबार पत्रकारहरूसँग गरिएको अन्तरक्रियामा बोल्दै मन्त्री महतले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय हो । पार्टीले यसलाई गम्भीरताका साथ लिएको छ । यसमा अनुसन्धान निष्पक्ष हुनुपर्छ । त्यसमा हामी पूर्ण सहयोग गर्छौँ । दोषी नउम्किउन्, निर्दोष नफसुन् ।’
महतलाई खाणकी पत्नी मञ्जु खाण कहाँ छिन् भनेर महतलाई प्रश्न गरिएको थियो । जवाफमा उनले को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा नभएको स्पष्ट पारे । साथै, उनले यो प्रकरणमा मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको पनि गुनासो गरे । ‘आरजु राणाको केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । मिडिया ट्रायल गरेर दोषी हो भनेर भन्न भएन । यस प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक अडियो झूटो हो भन्ने हाम्रो विश्वास छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् भन्ने आफूहरूको भनाई रहेको पनि बताए । महतले यही प्रकरणका कारण सत्ता समीकरणमा कुनै फेरबदल नहुने पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
-
कस्तो बन्नुपर्छ आगामी वर्षको बजेट ?
-
थाइल्याण्डमा गाँजाको प्रयोगमा फेरि प्रतिबन्ध लगाउने तयारी
-
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सुरक्षाबारे अमेरिकाको चिन्ता
-
कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
रोमाञ्चक पुनरागमन गर्दै रियल फाइनलमा