बालकृष्णजीले आफूलाई निर्दोष साबित गर्छु भन्नुभएको छ : अर्थमन्त्री महत
काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको र त्यसलाई साबित गर्ने कुरा पार्टीसँग राखेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । आफूलाई निर्दोष साबित गर्छु भनेपछि नै पार्टीको कारबाही प्रक्रिया निष्कर्षमा नपुगेको महतको दाबी छ ।
मंगलबार पत्रकारहरूसँग गरिएको अन्तरक्रियामा बोल्दै मन्त्री महतले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय हो । पार्टीले यसलाई गम्भीरताका साथ लिएको छ । यसमा अनुसन्धान निष्पक्ष हुनुपर्छ । त्यसमा हामी पूर्ण सहयोग गर्छौँ । दोषी नउम्किउन्, निर्दोष नफसुन् ।’
महतलाई खाणकी पत्नी मञ्जु खाण कहाँ छिन् भनेर महतलाई प्रश्न गरिएको थियो । जवाफमा उनले को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा नभएको स्पष्ट पारे । साथै, उनले यो प्रकरणमा मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको पनि गुनासो गरे । ‘आरजु राणाको केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । मिडिया ट्रायल गरेर दोषी हो भनेर भन्न भएन । यस प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक अडियो झूटो हो भन्ने हाम्रो विश्वास छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् भन्ने आफूहरूको भनाई रहेको पनि बताए । महतले यही प्रकरणका कारण सत्ता समीकरणमा कुनै फेरबदल नहुने पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण