अयोग्य लडाकुलाई रकम दिने निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश
अन्तरिम आदेशका लागि ८ गते छलफल
मङ्गलबार, ०२ जेठ २०८०, २१ : ००
काठमाडौँ । अयोग्य लडाकुलाई २ लाख रकम दिने मन्त्रिपरिषद्को निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश कुमार रेग्मीले सो आदेश जारी गरेका हुन् । सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न जेठ ८ मा दुवै पक्षलाई झिकाएको छ । अन्तरिम आदेशबारे निर्णय हुनुअघि सो निर्णय यथास्थितिमा राख्न अदालतले भनेको छ ।
मन्त्रिपरिषद्ले २०७९ चैत ६ मा अनमिनले अयोग्य ठहर गरेका लडाकुलाई जनही २ लाख दिने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध चिरञ्जिवीवास गिरीसहितले रिट दायर गरेका थिए । सो मुद्दामा मंगलबार अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतका कानुन व्यवसायीहरुले बहस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण