भुटान शरणार्थी प्रकरणमा पक्राउ परेका नेताहरूको भारी पार्टीले बोक्न सक्दैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली नक्कली भुटानी शरणार्थीमा पक्राउ परेकाहरूको भारी पार्टी बोक्न नहुने बताएका छन् ।
मंगलबार साँझ भ्रष्टाचारविरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिको निजी विषय रहेको बताए । महामन्त्री थापाले मुद्दा लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्ने र अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने बताए ।
पार्टीमा क्रियाशील व्यक्ति कुनै भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा भएपछि पार्टीले त्यसको भार बोक्न नसक्ने बताएका हुन् ।
‘पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु- गलत परम्परा तोडिनुपर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन’ उनले भने ।
‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन । पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो- अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा : ६ वटा विषयमा केन्द्रित हुने
-
प्रचण्डको ध्यान पूर्वतिर
-
सङ्घीयताकै माध्यमबाट सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गरिएको हो : बर्तौला
-
टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : सांसद गिरी
-
राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँ : सांसद सिंह