रेशम क्रान्तिकारी हुन् : डा. भट्टराई
काठमाडौँ । टिकापुर घटनामा रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । भट्टराईले चौधरी अपराधी नभएर क्रान्तिकारी रहेको जिकिर गरेका हुन् ।
सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुरानारविद्यमान कानुन,नजिर,सोच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् ! क्रान्तिकारीले पुरानोरविद्यमानसँग विद्रोह गरेर नयाँरभविष्यमुखी सोचरमान्यतारविधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् ! इतिहासमा यो अन्तर्विरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ ! रेशम चौधरी क्रान्तिकारी हुन् ! सलाम !!’
मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले टिकापुर नरसंहारका प्रतिवादी चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो । सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ ।
चौधरी २०७४ फागुन १४ गतेबाट जेलमा बसेका उनी सामान्य अवस्थामा जेलमुक्त हुन अझै १४ वर्ष जेल सजाय काट्नुपर्ने हुन्छ । चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमै बस्नुपर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण