राष्ट्रपतिको स्वास्थ्यमा उल्लेख्य सुधार, सरकारको नीति तथा कार्यक्रम बाचन गर्न संसदमा जाने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । स्वास्थ्यमा सुधार भएसँगै राष्ट्रपतिले नै सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने भएका छन् ।
यसअघि राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम बाचन गर्ने सार्वजनिक भएको थियो ।
तर, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिले गर्नुपर्ने सबै राजकीय कामकारबाहीहरु गरिरहेको र नीति तथा कार्यक्रम पनि संसदमा गएर बाचन गर्ने रातोपाटीलाई बताए ।
‘राष्ट्रपतिज्यूको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ’,उनले भने,‘उहाँले राजकीय काम कारबाहीहरु सुरुमा स्वास्थ्यकै कारण केही संकुचित गर्नुभएको भएपनि अहिले दायर बढिसकेको छ । अब उहाँ जेठ ५ गते नेपाल सरकारको नीति तथा कार्यक्रम बाचन गर्न पनि संसदमा आउनुहुन्छ ।’
पोखरेलले नीति तथा कार्यक्रम बाचनका लागि राष्ट्रपति आवश्यक तयार भएर बसेको पनि बताए ।
स्वास्थ्यको समस्या भएपछि केही साताअघि राष्ट्रपति भारतमा उपचार गराएर फर्किएका थिए । त्यसपछि शीतलनिवासमा आराम गरिरहेका पौडेलको स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रम बाचन गर्ने भनेर प्रचार भएपछि एमालेले यसमा असन्तुष्टि जनाएको थियो ।
राष्ट्रपतिले बाचन गर्न नसक्ने हो भने सो जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने एमालेको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण