स्मार्टफोन रेड्मी १० अब छुट मूल्यमा
काठमाडौँ । शाओमीले रेडमी १० (२०२२) नेपाली प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी १० मा अफर ल्याएको कम्पनीको भनाइ छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौं । हामी विश्वस्त छौं कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ ।”
रेडमी १० (२०२२) ४जीबी + ६४ जीबी को वास्तविक मूल्य रु २०,४९९ रहेको छ । यस्तै छुट पछि यसको मूल्य रु १९,९९९ कायम गरिएको कम्पनीको भनाइ छ । रेडमी १० (२०२२) ६जीबी +१२६ जीबी को वास्तविक मूल्य रु २३,९९९ रहेकामा छुटपछि मूल्य रु २२,९९९ पर्ने कम्पनीको भनाइ छ ।
यो फोन देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण