अल्पसङख्यका अधिकार अझै ओझेलमा परेका छन् : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार अझै ओझेलमा परेको बताएका छन् ।
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मितिनी नेपालद्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री आचार्यले अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशक बित्दा पनि उनीहरूका अधिकार अझै ओझेलमा परेको बताए ।
“यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति समाजमा विभिन्न लाञ्छना, भेदभावपूर्ण व्यवहारसहित बस्नुपर्ने अवस्था छ । अल्पसङ्ख्यकका अधिकारको संरक्षण र सुनिश्चितताका निमित्त मन्त्रालय प्रतिबद्ध छ” मन्त्री आचार्यले भने ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अल्पसङ्ख्यक समुदायको मर्यादित जीवनका लागि आयोग प्रतिबद्ध रहेको बताए । “आयोग अल्पसङ्ख्यक समुदायको संरक्षण र संवर्द्धन गर्नका लागि प्रयासरत छ । समलिङ्गीको विवाहलाई कानुनी मान्यता दिन सरकारलाई सिफारिस गरेलगायत उनीहरुको अधिकार र आवश्यकतालाई उच्च प्राथमिकतामा राखिएको छ” उनले भने ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउन आयोगले पहल गरिरहेको बताइन्। अल्पसङ्ख्यकको पहिचान, नागरिकता, बिहेबारी लगायतका समस्यालाई कानूनी प्रावधानबमोजिम निकास दिन जरुरी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण