सभामुख घिमिरेसँग सांसद भण्डारीले भने–नीति तथा कार्यक्रममा केही कुराहरू राख्न मन छ
काठमाडौँ । ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । बुधबार बत्तिसपुतलीमा सांसद भण्डारीसँग सभामुख घिमिरेले भेटवार्ता गरेका हुन् ।
भेटमा सभामुखले घटनाबाट आफू दुखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा केही कुराहरू राख्न चाहेको बताए । भण्डारीले भने, 'नीति तथा कार्यक्रममाथिको छलफलका सहभागी भएर आफ्ना कुरा राख्न मन छ । घटनापछि मलाई केही कुराहरू सदनमार्फत जनतालाई सुनाउन मन छ । जीवन जतिबेलासम्म रहे पनि कमसेकम मनका कुरा भनौं भन्ने लागेको छ ।'
जवाफमा सभामुख घिमिरेले चिकित्सकको सिफारिस भए विशेष व्यवस्था गरेर बोल्न दिन सकिने बताए । यस्तै संघीय संसद्का महासचिव डा. भरतराज गौतमले पनि स्वास्थ्यले साथ दिए सचिवालयले विशेष व्यवस्था गरेर बोल्न दिन सकिने बताए ।
२०७९ फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण