शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भैरहवा भन्सार कार्यालय : गत वर्षको तुलनामा ३७ प्रतिशत गिरावट

बिहीबार, ०४ जेठ २०८०, ०७ : २१
बिहीबार, ०४ जेठ २०८०

बुटवल । भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशतले गिरावट आएको छ ।  गत आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरहवा भन्सार कार्यालयले ९८ अर्ब ३९ करोड १७ लाख ९ हजार राजस्व  सङ्कलन गरेकोमा यस वर्ष ६२ अर्ब ३४ करोड ४ लाख ६५ हजार मात्रै राजस्व उठेको छ ।

यस्तै निर्यात  मूल्यमा २१ प्रतिशतले कमी आउँदा आयात मूल्यमा भने ३२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म यहीँबाट २ खर्ब ५ अर्ब ५१ करोड ९३ लाख ३१ हजार मूल्य बराबरको सामान आयात भएकोमा अहिले १ खर्व २७ अर्ब ५७ करोड  ६३ लाख ५३ हजारको आयात भएको छ । निर्यात भने ३२ प्रतिशतले बढेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा ६ अर्ब ७५ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको निर्यात भएकोमा यस वर्ष बढेर  ९ अर्ब ८३ करोड ९१ लाख ७९ हजार मूल्य बराबरको समान निर्यात भएको भन्सार कार्यालयका  सूचना अधिकारी उपेन्द्र लामिछाने रातोपाटीलाई बताए । देशकै दोस्रो ठुलो नाका भैरहवा भन्सारको पोहोरको तुलनामा यसपालि मालसामानको आयात घटे पनि निर्यात बढ्न नसक्दा व्यापार घाटामा खासै सुधार हुन सकेको छैन । आयातको तुलनामा निर्यात नगन्य छ । 

भैरहवा स्थित बेलिहिया नाकाबाट औद्योगिक कच्चा पदार्थ, सवारी साधन,इन्धन र खाद्यान्न तथा तरकारी,फलफूलको आयात उच्च  रहेको छ । चुलिँदो व्यापार घाटाको मुख्य कारण आयातमुखी अर्थतन्त्र भएको  अर्थशास्त्रका जनाकार   तथा  प्राध्यापक  माधव कुमार पौडेलले बताए ।  भैरहवा भन्सारका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले  भैरहवा नाकाबाट आयातको तुलनामा निर्यात कम रहेको गत वर्षको तुलनामा यो वर्ष निर्यात प्रतिशतमा बढे पनि आयातको तुलनामा निर्यात कम रहेको बताए । उनले जसले गर्दा व्यापार घाटा उल्लेख्य रहेको बताए।  यसअघि सरकारले विलासिताका बस्तुमा अनिवार्य एलसी खोल्नु पर्ने र केहीमा मार्जिन बढाउँदा आयात उल्लेख्य घटेको हो ।

BHairahav

यो वर्ष सवारी साधन, पेट्रोलियम पदार्थ तथा विलासीताका केही सामानको आयात  घटेको छ । तर  खाद्यान्न लगायतका स्वदेशमै उत्पादनको सम्भावना बोकेका कृषिजन्य बस्तुको आयात घटेको  नसक्दा  देशको आर्थिक अवस्था  थप चिन्तामा पुराएको बुटवल उद्योग  वाणिज्य सङ्घ अध्यक्ष उज्जव कसजुले बताए ।

उनले अर्थतन्त्रलाई सुधार गर्न उत्पादनमुखी नीति लिनु पर्ने र  कृषि उत्पादन बढाउन विशेष ध्यान दिनु पर्नेमा उनले जोड दिँदै  यहाँबाट  नियार्त हुने बस्तुको उत्पादन  नै घटेको बताए । यो भन्सार नाकाबाट खासगरी विगतमा चामल,तोरी  निर्यात हुन्थ्यो  तर पछिल्ला वर्षमा  त्यसको आयत उच्च रहेको देखिन्छ ।

bansakar

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप