सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
हवाई उडान

नेपाल एयरलाइन्सको मलेसिया–काठमाडौँ उडानको ट्रान्जिट भैरहवा

क्वालालम्पुरबाट भैरहवाको हवाई भाडा कति ?
बिहीबार, ०४ जेठ २०८०, १८ : १०
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमले क्वालालम्पुर–भैरहवाको भाडा दर कायम गरेको छ । निगमले क्वालालम्पुर–भैरहवाको भाडा १२ हजार ७ सय रुपैयाँमा कायम गरेको हो । 

निगमले जेठ २९ गतेदेखि काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ नयाँ रुटमा उडान भर्ने तयारी गरेको छ । 

नेपाल–मलेसिया प्रारम्भिक उडान भर्न लागेको निगमले आकर्षण भाडा दर (पर्मोटर फेयर) मा उडान गर्दैछ । 

काठमाडौँ–क्वालालम्पुर, क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्नेछ । सातामा दुई फ्लाइट गर्न लागेको निगमले सोमबार काठमाडौँ–क्वालालम्पुर उडान भरेर उताबाट फर्किदा क्वालालम्पुर–भैरहवा हुँदै पुनः काठमाडौँ आउने रुट (ट्रान्जिट) बनाएको छ । 

क्वालालम्पुर–भैरहवा १२ हजार ७ सय रुपैयाँ अर्थात् ४२९ मलेसियन रिंगेट हवाई भाडा तोकेको निगमले भैरहवाबाट काठमाडौँका लागि थप २ हजार २० रुपैयाँ भाड थप्नेछ । योसँगै क्वालालम्पुर–भैरहवा–काठमाडौँको कूल भाडा दर १४ हजार ७२० रुपैयाँ वा ४९९ रिंगेट हुनेछ ।

यस्तो छ हवाई उडान सेडूल र भाडा दर

सोमबार– काठमाडौँ–क्वालाम्पुर (उडान/अवतरण–२०५०/०३३५+१) 

मङ्गलवार– क्वालालम्पुर–भैरहवा–काठमाडौँ (उडान/अवतरण–०४३५/०७३०) 

भाडा

क्वालालम्पुर–भैरहवा– १२,७०० रुपैयाँ (४२९ रिंगेट)

क्वालालम्पुर–भैरहवा–काठमाडौँ – १४,७२० रुपैयाँ (४९९ रिंगेट) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप