नेपाल एयरलाइन्सको मलेसिया–काठमाडौँ उडानको ट्रान्जिट भैरहवा
काठमाडौँ । नेपाल वायुसेवा निगमले क्वालालम्पुर–भैरहवाको भाडा दर कायम गरेको छ । निगमले क्वालालम्पुर–भैरहवाको भाडा १२ हजार ७ सय रुपैयाँमा कायम गरेको हो ।
निगमले जेठ २९ गतेदेखि काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ नयाँ रुटमा उडान भर्ने तयारी गरेको छ ।
नेपाल–मलेसिया प्रारम्भिक उडान भर्न लागेको निगमले आकर्षण भाडा दर (पर्मोटर फेयर) मा उडान गर्दैछ ।
काठमाडौँ–क्वालालम्पुर, क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्नेछ । सातामा दुई फ्लाइट गर्न लागेको निगमले सोमबार काठमाडौँ–क्वालालम्पुर उडान भरेर उताबाट फर्किदा क्वालालम्पुर–भैरहवा हुँदै पुनः काठमाडौँ आउने रुट (ट्रान्जिट) बनाएको छ ।
क्वालालम्पुर–भैरहवा १२ हजार ७ सय रुपैयाँ अर्थात् ४२९ मलेसियन रिंगेट हवाई भाडा तोकेको निगमले भैरहवाबाट काठमाडौँका लागि थप २ हजार २० रुपैयाँ भाड थप्नेछ । योसँगै क्वालालम्पुर–भैरहवा–काठमाडौँको कूल भाडा दर १४ हजार ७२० रुपैयाँ वा ४९९ रिंगेट हुनेछ ।
यस्तो छ हवाई उडान सेडूल र भाडा दर
सोमबार– काठमाडौँ–क्वालाम्पुर (उडान/अवतरण–२०५०/०३३५+१)
मङ्गलवार– क्वालालम्पुर–भैरहवा–काठमाडौँ (उडान/अवतरण–०४३५/०७३०)
भाडा
क्वालालम्पुर–भैरहवा– १२,७०० रुपैयाँ (४२९ रिंगेट)
क्वालालम्पुर–भैरहवा–काठमाडौँ – १४,७२० रुपैयाँ (४९९ रिंगेट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण