वालिङमा जग्गाको कित्ताकाट थालियो
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । राष्ट्रिय भूउपयोग ऐन, २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्डका आधार, २०७९ अनुसार जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाएको हो ।
लामो समयसम्म कित्ताकाट हुन नसक्दा जग्गाको कारोबार ठप्प थियो । जग्गाको कित्ताकाट खुलेसँगै राजस्व सङ्कलनसमेत बढ्न थालेको छ । चौध वडामध्ये नगरपालिकाले पहिलो चरणमा सिद्धार्थ राजमार्गसँग जोडिएका तथा बजारका वडा ६, ८, ९, १० र १३ वडामा कित्ताकाट थालेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए ।
कित्ताकाट सुरु भएका वडाको जग्गाको वर्गीकरण गरी मालपोत र नापी कार्यालयमा स्रेस्ता कायम गर्न पठाइएको छ । “पहिलो चरणमा जग्गाको वर्गीकरण गरिएका वडाबाट कित्ताकाट आरम्भ गरेका छौँ”, उनले भने, “दोस्रो चरणमा बाँकी रहेका वडाको क्रमशः कित्ताकाट खुलाउँदै जान्छौँ ।”
कित्ताकाट गरिएका वडाका जग्गाधनीले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल जग्गाधनी पुर्जा लिई मालपोत कार्यालय आउनुपर्ने कार्यालयका सूचना अधिकारी जीवनाथ पौडेलले बताए । नगरपालिकाले राष्ट्रिय भू–उपयोग ऐन, २०७६ अनुसार कृषि र गैर कृषि जग्गासहित ऐनले उल्लेख गरेअनुसार कित्ताकाट हुने उनले बताए । कित्ताकाट खुलेसँगै जग्गाको कारोबार बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण