सामाजिक उत्तरदायित्व कोषको रकम खेलकुद क्षेत्रमा लगाउन माग
काठमाडौँ । नेपाल सुपर लिगले सामाजिक उत्तरदायित्व कोषको रकम खेलकुद क्षेत्रको विकासमा खर्च गरिनु पर्ने माग सरकारसँग गरेको छ । नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेकी हुन् ।
प्रधानमन्त्रीसँग अध्यक्ष चौधरीले सामाजिक उत्तरदायित्व कोषको रकम प्रयोग हुन सके खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताइन् । प्रधानमन्त्री दाहालले पनि खेलकुद क्षेत्रको विकासका लागि सामाजिक उत्तरदायित्व कोषको रकम खर्च गर्ने आश्वास दिएको चौधरीले बताइन् ।
प्रधानमन्त्री दाहालसँगको भेटमा चौधरीले नेपाल सुपर लिगले नेपाली खेल क्षेत्रमा निजी क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्राउने प्रयास गरिरहेको जानकारी पनि गराइन् । उक्त अवसरमा नेपाल सुपर लिगका प्रबन्धक निर्देशक श्रीयान्स कार्की र प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण