खर्च बढाइरहेका सार्वजनिक संस्था र सरकारी कार्यालयलाई आपसमा गाभ्ने सरकारको योजना
काठमाडौँ । सरकारले सरकारी लक्ष्य तथा उद्देश्यअनुसार सञ्चालन हुन नसकेका सार्वजनिक संस्थालाई आपसमा गाभ्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट लक्ष्य र उद्देश्य प्राप्त नभएका र खर्च बढाइरहेका सार्वजनिक संस्थाहरूलाई आपसमा गाभ्ने नीति सरकारले लिएको हो ।
प्रतिनिधि सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी संस्था, कार्यालय र सार्वजनिक संस्थालाई आपसमा गाभ्ने नीति लिएको बताएका हुन् । यस्तै, सरकारले विकास समिति तथा कोषहरुलाई समेत आपसमा गाभ्ने नीति लिएको राष्ट्रपति पौडेलले बताए ।
यस्तै, यस्ता संस्थाहरूको सम्पत्ति व्यवस्थापन र जनशक्ति व्यवस्थापनका लागि आवश्यक कानुन समेत निर्माण गर्ने भएको छ । अध्ययनका आधारमा बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थाहरूको पुनःसंरचनाका लागि समेत कदम चाल्ने योजना राष्ट्रपति पौडेलले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण