माओवादीको भ्रातृ संगठनमा थपियो ‘रिटर्नी सेन्टर नेपाल’
काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन सङ्ख्या थपिएको छ । यसअघि माओवादीमा २३ वटा भ्रातृ संगठन रहेकामा ‘रिटर्नी सेन्टर नेपाल’ थप गरेर यो सङ्ख्या २४ बनाइएको छ ।
बिहीबार र शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक गई फर्किएकालाई संगठित गर्ने उद्देश्यले रिटर्नी सेन्टर नेपाल गठन गरेको हो ।
उक्त भ्रातृ संगठन प्रदेश, जिल्ला, पालिका, वडा र टोल समितिसम्म विस्तार गरिने माओवादीले जनाएको छ ।
यसैबीच सबैलाई एक ठाउँमा संगठित गर्न रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेला यही जेठ २६ गते काठमाडौँमा हुने भएको छ । राष्ट्रिय भेलामा महानगरबाट ३ जना,उपमहानगरबाट २ जना, नगरपालिका र गाउँपालिकाबाट १ जना पठाउन सर्कुलर जारी गरिएको पार्टीका एक नेताले जानकारी दिए ।
वैदेशिक रोजगारीबाट फर्किएकालाई पार्टीमा जोड्ने उद्देश्यले माओवादीले पहिलो पटक यो पहल लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण