कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेती नियुक्त
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
महेन्द्ररत्न क्याम्पस ताहाचलमा प्राध्यापन गर्दै आएका उप्रेतीले त्रिभुवन विश्व विद्यालयको राजिष्ट्रार पदको जिम्मेवारी निभाइसकेका छन् । उनी अर्थशास्त्रका प्राध्यापक हुन् ।
यस्तै, बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानूनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
उता, प्रदेश सरकारले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्नेसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण