२ हजार दरका नोट चलनचल्तीमा नल्याउने निर्णयपछि आम आदमी पार्टीले उठायो प्रश्न
नयाँदिल्ली । भारत सरकारले २ हजार दरको नोट चलनचल्तीमा नल्याउने निर्णय गरेपछि आम आदमी पार्टीले प्रश्न उठाएको छ । आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले नोटबन्दी गर्ने र खुलाउने प्रथाको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको भन्दै व्यङ्ग्य गरेका छन् ।
उनले सरकारले मनपरी ढंगले नभइ विज्ञको रायको आधारमै यो निर्णय गरेको लिएको विश्वास व्यक्त गरे। भारतीय रिजर्भ बैंकको निर्णयबारे प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘जब नोटबन्दी भएको थियो । त्यतिबेला कयौं मानिसको ज्यान गएको थियो । लाखौँ मानिसको काम धन्दा बन्द हुन पुग्यो । कालो धनको नियन्त्रण गर्न यो गरिएको भनिएपनि कुनै नतिजा निस्केन । न आतंकवाद रोक्न सहयोगी भयो न त भ्रष्टाचार नियन्त्रयणमै सहयोग मिल्यो ।’
पछिल्लो समय मोदीले २ हजार नोटलाई चलनचल्ती बाहिर गर्ने निर्णय लिएपनि यसको कुनै फाइदा आफूले नदेखेको उनको भनाइ छ ।
यता कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री पी चिदम्बरम्ले मोदीको यो स्वाभाविक निर्णय भएको प्रतिक्रिया दिएका छन् । उनले यो नोट चलचल्ती बाहिर हुने आफूले पहिले नै अनुमान गरेको बताए । उनले २ हजार दरको नोट प्रचलनमा ल्याउनुको कारण विगतमा गरिएको नोटबन्दीको कमजोरी लुकाउन गरिएको प्रपञ्चमात्रै भएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण