सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानलाई उछिन्दै चीन बन्यो सबैभन्दा धेरै कार निर्यात गर्ने मुलुक

शनिबार, ०६ जेठ २०८०, ०९ : २९
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । जापानलाई उछिन्दै पहिलो पटक उत्तरी छिमेकी चीन कार निर्यात गर्ने पहिलो मुलुक बनेको छ । हालै सार्वजनिक एक तथ्याङ्क अनुसार जापान भन्दा झन्डै १ लाख बढी कार निर्यात गरेर चीन पहिलो मुलुक बनेको हो । 

एक आर्थिक रिपोट अनुसार यस वर्षको पहिलो त्रैमासिकमा १० लाख ७ हजार कार निर्यात गरेर चीनले यो रेकर्ड बनाएको हो । यसै आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार मात्र निर्यात गरे पछि जापान भने दोस्रो स्थानमा झर्न पुगेको छ ।

चीनले पहिलो त्रैमासिकमा गरेको यो पछिल्लो कार निर्यातको तथ्याङ्क गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । विद्युतीय कारले क्रमशः लोकप्रियता बढाउँदै लगेको र यसैबीचमा रुसमा कारको माग बढेसँगै चीनको निर्यात बढ्न पुगेको जनाइएको छ ।

गत वर्ष मात्र चीनले युरोपियन मुलुक जर्मनीलाई उछिन्दै कार निर्यातमा गर्ने विश्वको दोस्रो मुलुक बन्न सफल भएको थियो । बीबीसीका अनुसार चीनले सन् २०२२ मा ३२ लाख गाडी निर्यात गरेर जर्मनीलाई तेस्रो स्थानमा झारेर दोस्रो स्थानमा उक्लन सफल भएको थियो । जर्मनीले सो आर्थिक वर्षमा २६ लाख मात्र गाडी निर्यात गरे पछि तेस्रो स्थानमा झरेको हो । सन् २०२२ को पहिलो ३ महिनाको तुलनामा चीनले ५८ प्रतिशत बढी कार निर्यात गरेको थियो ।  

पछिल्लो समय विश्वभर विद्युतीय कारको माग अप्रत्याशित रूपमा बढिरहेको छ, जसको प्रत्यक्ष फाइदा विद्युतीय कार उत्पादन गर्ने चिनियाँ बजारलाई पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप