मन्त्री निवास भवन निर्माण यथाशक्य पूरा गर्न निर्देशन
काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथाशक्य पूरा गर्न निर्देशन दिएकी छन् ।शनिबार आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरुङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथाशक्य पूरा गर्न निर्देशन दिएकी हुन् ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास निर्माण गर्न सरकारले ०७६ कात्तिकमा ठेक्का लगाएको थियो । तर कोभिड–१९ र अन्य कारणले समयमा काम हुन सकेन । त्यसयता भवन निर्माणका लागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदैछ ।
‘बेलामा काम सक्यो भने तपाईंहरूलाई पनि ढुक्क हुन्छ । सरकारको पनि एउटा योजना पूरा हुन्छ । बरु कामदारको सङ्ख्या बढाउनुस्, दिनरात गरेर भए पनि काम गर्नुस्, तर सम्झौताबमोजिम यथाशक्य काम सम्पन्न गर्नुहोस्,’मन्त्री गुरुङले निर्देशन गरिन् । विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणमा हालसम्म ९० प्रतिशत काम पूरा भएको छ । कार्यालयका उपनिर्देशक दीपक श्रेष्ठले आगामी असार मसान्तभित्र निर्माणका काम पूरा भइसक्ने जानकारी दिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण