मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाऔँ : सांसद गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने बताएकी छन् ।
आइतबार सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरू मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ती समस्याहरूलाई समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने बताइन् । रैथाने बाली, बिउबिजन, नश्ल र कृषि तथा पशुपक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहहरूलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने उनले बताइन् ।
त्यसैगरी कृषि, पशुपक्षी र खाद्य सम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गरी यस्तो वस्तुहरुको ओसार–पसार हुने सबै भन्सार बिन्दु र मुख्य सहरहरूमा प्रयोगशाला स्थापना हुनुपर्ने उनको भनाई छ ।
सांसद गौतमले काठमाडौँ क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्वसम्पदा सूचिमा समावेश गर्न समेत आग्रह गरिन् । विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँहरुमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उनले जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण