कोहलीमाथि शुभमन भारी, मुम्बई प्लेअफमा
बैंग्लुरु । शुभमन गिलको शतकको मद्दतले इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्न सफल भएको छ । आइतबार राति भएको खेलमा गुजरातले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बल अगावै पछ्याएको हो ।
गुजरातका लागि गिलले ५२ बलमा १०४ रन बनाए । उनलाई ५३ रन बनाउँदै विजय शंकरले राम्रो साथ दिए । बैंग्लोरका लागि मोहम्मद सिराजले २ विकेट लिए । यसअघि, विराट कोहलीको शतकको मद्दतले बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । कप्तान फाफ डु प्लेसिसले २८ तथा माइकल ब्रेसवेलले २६ रनको योगदान दिए । गुजरातका लागि नुर अहमदले २ विकेट लिए ।
गुराजतको जीतसँगै मुम्बई इन्डियन्सले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ । आइतबार नै भएको खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो । त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि प्लेअफमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण