ला लिगा रंगभेदीहरुको : भिनिसियस जुनियर
मड्रिड । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले ला लिगा रंगभेदीहरुको भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । आइतबार भ्यालेन्सियाविरुद्धको खेलमा उनी रंगभेदी व्यवहारको शिकार बनेका थिए ।
ह्युगो डुरोसँग झगडा परेपछि २२ वर्षीय खेलाडीले खेलको ९७ औँ मिनेटमा रातोकार्ड समेत पाएका थिए । यसअघि, भ्यालेन्सियाका समर्थकहरूले उनीमाथि रंगभेदी टिप्पणी गरेको भन्दै खेलका रेफ्रीलाई जानकारी गराएका थिए ।
‘च्याम्पियनसीप कुनै बेला रोनाल्डिन्हो, रोनाल्डो, क्रिस्टियानो र मेस्सीहरुको थियो, अहिले यो रंगभेदीहरुको बनेको छ,’ भिनिसियसले इन्सटाग्राममा लेखेका छन्, ‘यो पहिलोपटक थिएन, न त दोस्रो वा तेस्रो । रंगभेद ला लिगामा सामान्य बनेको छ । प्रतियोगिताले यसलाई सामान्य मानेको छ, फेडेरेसनले पनि । विपक्षीहरूले यसलाई प्रोत्साहन गर्छन् ।’ यता ला लिगाले भने आफ्नो विज्ञप्तिमा यस्ता व्यवहारलाई अन्त्य गर्नका लागि आफूहरू प्रयासरत रहेको बताएको छ ।
खेलमा रियल १–० गोलले पराजित भएको थियो । डिएको लोपेजले खेलको ३३ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण