भारतबाट दूध आयात गरेर किसानलाई मार्ने खेल भयो : निशा डाँगी
सोमबार, ०८ जेठ २०८०, ११ : ५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतबाट दूध आयात गर्ने चलखेल भएको टिप्पणी गरेकी छन् । देशमै उत्पादन भएको ८५ प्रतिशत दूध बिक्री नभएको अवस्थामा उल्टै भारतबाट दूध आयात गर्नु ठिक नभएको बताइन् ।
‘सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर एक लाख ५० हजार लिटर बढी दूध भारतबाट आयात गर्ने चलखेल भयो । भारतबाट दूध आयात गरी किसानलाई मार्ने खेल भइरहेको छ’ डाँगीले भनिन्, ‘देशमा उत्पादन भएको ८५ प्रतिशत दूधले बजार पाउन सकेको छैन । किसानलाई निरुत्साहित हुने यस्ता खेल बन्द हुनुपर्छ ।’
किसानको गोठमा गाई भैँसी भए पनि सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर भारतबाट दूध ल्याउन लागिएको डाँगीले बताइन् । किसान मार्ने खेल नगर्न राज्यसँग उनले आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण