शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओलीतर्फ संकेत गर्दै नेपालले भने– आफ्नो हातबाट सरकार फुत्कियो भनेर अरूलाई सत्तोसराप गरेर हुँदैन

सोमबार, ०८ जेठ २०८०, १२ : ५६
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफ्नो हातबाट सरकार फुत्कियो भनेर अरूलाई सत्तोसराप गर्न नहुने बताएका छन् । सोमवार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा टिप्पणी गर्दै नेपालले एकले अर्कोलाई घोचपेच गरेर मात्रै समस्या समाधान नहुने बताए । 

‘एकले अर्कोलाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा बेथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन बेग्लै कुरा हो । किन बस्न सकिएन ? त्यसको पछाडि अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार आफ्नो हातबाट फुत्कियो भनेर अरूलाई सत्तोसराप गरेर हुँदैन’ ओलीलाई लक्षित गर्दै नेपालले भने, ‘आफूभित्र के कस्ता कमजोरी रहे ? त्यसको हामी सबैले समीक्षा गरौँ । यदि कमीकमजोरी भएका छन् भने पहिचान गरेर सुधार गरौँ ।’ नेपालले आफूमा देखिएको व्यक्तिवादी रोगदेखि आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति र अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति भए सुध्रिनुपर्नेमा जोड दिए ।

‘नेपाली राजनीतिमा अरूको ज्ञान,अरूको बुद्धि लिने भन्दा आफ्नै पाराले चल्ने प्रवृत्ति छ । व्यक्तिवाद, भ्रष्टाचारबाट चुर्लुम डुब्ने प्रवृत्ति छ । यी सबैबाट मुक्त भएन भने सबै सिद्धिन्छ’ नेपालले भने, ‘ठुला उद्देश्य छाँट्ने व्यवहारमा लागू भएको देखिँदैन । आफैँभित्र इमानदार भएमा धेरै समस्याको समाधान गर्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप