ओलीतर्फ संकेत गर्दै नेपालले भने– आफ्नो हातबाट सरकार फुत्कियो भनेर अरूलाई सत्तोसराप गरेर हुँदैन
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफ्नो हातबाट सरकार फुत्कियो भनेर अरूलाई सत्तोसराप गर्न नहुने बताएका छन् । सोमवार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा टिप्पणी गर्दै नेपालले एकले अर्कोलाई घोचपेच गरेर मात्रै समस्या समाधान नहुने बताए ।
‘एकले अर्कोलाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा बेथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन बेग्लै कुरा हो । किन बस्न सकिएन ? त्यसको पछाडि अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार आफ्नो हातबाट फुत्कियो भनेर अरूलाई सत्तोसराप गरेर हुँदैन’ ओलीलाई लक्षित गर्दै नेपालले भने, ‘आफूभित्र के कस्ता कमजोरी रहे ? त्यसको हामी सबैले समीक्षा गरौँ । यदि कमीकमजोरी भएका छन् भने पहिचान गरेर सुधार गरौँ ।’ नेपालले आफूमा देखिएको व्यक्तिवादी रोगदेखि आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति र अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति भए सुध्रिनुपर्नेमा जोड दिए ।
‘नेपाली राजनीतिमा अरूको ज्ञान,अरूको बुद्धि लिने भन्दा आफ्नै पाराले चल्ने प्रवृत्ति छ । व्यक्तिवाद, भ्रष्टाचारबाट चुर्लुम डुब्ने प्रवृत्ति छ । यी सबैबाट मुक्त भएन भने सबै सिद्धिन्छ’ नेपालले भने, ‘ठुला उद्देश्य छाँट्ने व्यवहारमा लागू भएको देखिँदैन । आफैँभित्र इमानदार भएमा धेरै समस्याको समाधान गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण