भीमफेदी कारागारका ३० जना कैदीबन्दी बिरामी
मकवानपुर । भीमफेदी कारागारका ३० जना कैदीबन्दी बिरामी परेका छन् । क्षेत्रीय कारागार भीमफेदीमा रहेका ३० जना कैदीबन्दी अज्ञात रोगबाट बिरामी परेका हुन् ।
भीमफेदी गाउँपालिका–६ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, काप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए ।
सोमबार बिहानदेखि कैदीबन्दीमा स्वास्थ्य समस्या देखिएको पौडेलले बताए । उनका अनुसार बिहान १० जना बिरामी भएपछि नजिकैको स्वास्थ्य केन्द्रमा उनीहरुको उपचार गरिएको थियो ।
‘सोमबार बिहानबाट कैदीबन्दीमा स्वास्थ्य समस्या देखिएको थियो । समस्या देखिएका कैदीबन्दीको पालिकाको स्वास्थ्य चौकीमा उपचार गराइरहेका थियौं,’ उनले भने, ‘दिनभर बिरामीको संख्या बढेपछि अहिले गाउँपालिका र स्वास्थ्य केन्द्रको सहयोगमा हामीले कारागारमै उपचार गरिरहेका छौं । हाल २ जना डाक्टरसहित ८ जना स्वास्थ्यकर्मी अहिले कैदीबन्दीको उपचारमा खटिएका छन् ।’
बिरामीहरूको स्वास्थ्य अवस्थामा जटिल बन्न नदिन थप स्वास्थयकर्मीको सहायता माग गरेको उनले बताए । उनका अनुसार केही बिरामी स्लाइन दिएपछि ठिक भएका छन् ।
‘केही कैदीबन्दीले मानिस नै चिन्दैनौं भनेपछि हामीले थप उपचारका लागि स्वास्थ्य कार्यालय मकवानपुरसँग सहयोग मागेका छौं । थप स्वास्थ्यकर्मीसहितको टोली यहाँ आइरहनु भएको छ,’ उनले भने ।
कारागारमा हाल ११०८ जना कैदीबन्दी रहेका छन् । उनले अन्य ब्लकमा भने कैदीबन्दीको अवस्था सामान्य रहेको बताए । उक्त ब्लकमा तीन हप्ता अगाडि एकजना बन्दीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण