गल्फका टाइगरले यूएस ओपन नखेल्ने
मङ्गलबार, ०९ जेठ २०८०, १० : ४७
काठमाडौं । चर्चित अमेरिकी गल्फर टाइगर उड्सले स्वास्थ्य समस्याका कारण यूएस ओपन गल्फ प्रतियोगितामा सहभागिता नजनाउने भएका छन् । उनले गत अप्रिलमा खट्टाको गोली गाँठोको शल्यक्रिया गराएका थिए ।
अझै पनि पूर्णरुपमा स्वस्थ्य नभएकाले उनले यूएस ओपन नखेल्ने निर्णय लिएका हुन् । यूएस ओपन अर्को महिना सुरु हुँदैछ । विश्व गल्फका ४ महत्वपूर्ण प्रतियोगिताको उपाधि १५ पटक जितिसकेका ४७ वर्षीय उड्सले स्वास्थ्य समस्याकै कारण यसअघि पनि केही प्रतियोगिता छाडेका थिए ।
विश्व गल्फका पूर्वनम्बर १ खेलाडी उड्सले गत साता पीजीए च्याम्पियनसिप पनि खेलेनन् । उनले हालसम्म ३ पटक यूएस ओपनको उपाधि जितेका छन् । सन् २०००, सन् २००२ र सन् २००८ मा यूएस ओपनको उपाधि चुमेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण