मधेस सरकारबाट बाहिरिने माओवादीको चेतावनी
काठमाडौँ । मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रले बाहिरिने चेतावनी दिएको छ । मधेस सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एकलौटी गरेको भन्दै माओवादी केन्द्र असन्तुष्ट बनेको हो । माओवादीबाट मन्त्री रहेकी सुनिता यादवले पार्टी सरकारबाट बाहिरिने बताइन् ।
उनले भनिन्, ‘सरकारको नेतृत्व गरेको दल जसपाले कुनै पनि निर्णय गर्दा एकलौटी गरिरहेको छ, गठबन्धन दलसँग कुनै पनि सल्लाह हुँदैन । जे मन लाग्यो त्यही गर्ने प्रवृत्तिका कारण त्यहाँ बस्नुको औचित्य रहँदैन ।’
यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायतका दलहरूसँग माओवादी केन्द्रले छलफल गरिरहेको छ । मुख्यमन्त्री सरोज यादवले मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धन दलसँग कुनै पनि छलफल नगरेको र एकलौटी रूपमा मन्त्रालय बाँडफाँट गरेको आरोप लागेको छ । जनमतका मन्त्रीले त सम्हाल्दै आएको मन्त्रालयनै खोसिएको छ । यस्तै लोसपाले पनि भागबण्डामा चित्त बुझाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण