वर्षकै उच्च अंकले विदेशी लगानी भित्रियो– चैतमा ७ अर्ब ५५ करोड
काठमाडौँ । चालु आर्थिक वर्ष भरीकै उच्च विदेशी लगानी (एफडीआई) चैतमा भित्रिएको छ । भन्सार विभागका अनुसार चैत मसान्तसम्म कूल ७ अर्ब ५५ करोड १० लाख ८० हजार रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको हो । खासगरी होटेल तथा पर्यटन, ऊर्जा र निर्माण क्षेत्रमा बढी विदेशी लगानी भित्रिएको विभागले जनाएको छ ।
यस्तो लगानी अघिल्लो वर्ष २०७८/७९ को चैतमा जम्मा १ अर्ब ८० करोड २० लाख रुपैयाँ बराबरको मात्र विदेशी लगानी भित्रिएको थियो । यद्यपि, सोही वर्षको असोज महिनामा ११ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को असोजपछि पहिलो पटक साढे ७ अर्बमाथिको विदेशी लगानी भित्रिएको हो । गत आर्थिक वर्षको भदौमा ६ अर्ब ३२ करोड २० लाख २० हजार रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।
विदेशी लगानीमा सुधार आएसँगै मुलुकमा बिस्तारै लगानीको वातावरण बन्दै गएको नेपाल बैंकर्स संघ (एनबीए)ले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण