राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनुपर्छ : सांसद पाण्डे
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउन जरुरी रहेको उल्लेख गरे ।
पाण्डेले भने, ‘जस्तोसुकै कठिन घडीमा हामी गुज्रिए पनि केही राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनु जरुरी छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, १२ सय मेगावाट उत्पादन हुनसक्ने जलाशययुक्त बुढीगण्डकी आयोजना यस्ता आयोजनाहरूलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर ल्याउन जरुरी छ । बुढीगण्डकी आयोजनाका लागि त राज्यले १ खर्बभन्दा बढी रकमै सङ्कलन गरिसकेको छ । त्यसको लागि छुट्टै रकम खोजिरहनु नि पर्दैन । राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौँको सीतापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रूपमा पारीपारी हुँदै मुग्लिन पारी भएर गैँडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्छ । यो धेरै महत्त्वको विषय हुन्छ । यसको बारेमा यसैपालि डिपिआर निर्माण गर्ने प्रस्तावसहित बजेटमा उल्लेख हुन सकोस् । म प्रस्ताव राख्न चाहन्छु ।’
उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताए । उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरूलाई समेटेर जाँदा राम्रो हुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण