दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गरौँ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गर्नुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले अंगालेको जनताको बहुदलीय जनवाद (जबज)मा सबै नेता कार्यकर्ता लामबद्ध हुनुपर्ने बताए ।
‘दक्षिणपन्थी अराजकतावाद र सांगठनिक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादमा आधार निर्माण गरिने छ । यो गर्न सजिलो छैन यो पुरा गर्नुपर्छ’, ओलीले भने, ‘सैद्धान्तिक प्रस्तावलाई जटिल होइन जनबोलीमा सहजढंगले समृद्धि नेपाल सुखी नेपालीको नारा ल्याएका हौं । यो देश बनाउने गन्तव्य हो । हाम्रो पार्टी सबै तहका संगठन र कार्यकर्ताहरु लामबद्ध बनाउनु पर्ने छ ।’
पार्टीको नेता पदले नभई क्षमताले हुने उनले बताए । ‘भोटा फटाएको भरमा नेता हुने भन्ने हुँदैन । क्षमताले नेता हुने हो । क्षमताले नेता हुन सबैले साबित गर्नुपर्छ,’ ओलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको समयमा सरकार फेर्नु भनेको समयको बर्बादीमात्र होः पूर्वमुख्यमन्त्री जम्कट्टेल
-
सरकार र निजी क्षेत्रबिच सिधा समन्वयका लागि छुट्टै कार्यदल आवश्यक: राणा
-
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
-
प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट
-
लागुऔषधसहित २५ जना पक्राउ
-
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण