‘नाङ्गो गाउँ’मा नेता बने दयाहाङ
काठमाडौँ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नाङ्गो गाउँ’ को छायांकन सकिएको छ । निर्देशक लामाले ३३ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको र अब पोष्ट प्रोडक्शनमा लाग्ने बताएका छन् ।
फिल्मको छायांकन काभ्रेमको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।
छायांकन सकिएसँगै निर्माणपक्षले फिल्मको नायक दयाहाङ राईको तस्बिर समेत सार्वजनिक गरेको छ । जहाँ, दयाहाङको नेता अवतार देख्न सकिन्छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । यो फिल्मलाई भदौको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ ।
फिल्म ‘नाङ्गो गाउँ’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण