सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गर्ने म जस्तो प्रधानमन्त्री सितिमिती भेटिँदैन : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको आफू जस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताएका छन् ।
राष्ट्रियसभामा बोल्दै प्रचण्डले नीति तथा कार्यक्रममा सत्तापक्ष र प्रतिपक्ष भनिएका सबैका एजेण्डा समेटिएको बताए ।
‘नीति तथा कार्यक्रममा सबैका बुद्धि विवेक प्रयोग भएका छन् । हिजो सत्तापक्ष र प्रतिपक्षमा रहेकाको विचार, धारणा, सैद्धान्तिक प्रतिबद्धतताहरु र साझा न्यूनतम कार्यक्रमहरु समेटिएका छन् । यो मौलिक विशेषतालाई हामी सबैले ध्यान दिन जरुरी छ’ प्रचण्डले भने, ‘अघिल्लो पटक सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको प्रधानमन्त्री हुँ । यस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन । नेपालको सन्दर्भवमा मौलिक छ ।’
आफूले पहिलो पटक विश्वासको मत लिँदा ९९ प्रतिशत सांसदको समर्थन पाएको प्रचण्डले बताए । यद्यपि दोस्रा पटक विश्वासको मत लिँदा भने एमाले र राप्रपालगायत दलले विश्वासको मत दिएका थिएनन् । ‘मैले विश्वासको मत लिँदा ९९ प्रतिशत समर्थन गरेको अर्थात शतप्रतिशत प्रतिनिधि सभाका सदस्यले समर्थन गरेर बनेको प्रधानमन्त्री हुँ । हिजो हिजोका सत्तापक्ष प्रतिपक्ष दुबैबाट समर्थन पाएको थिए । अहिले त्यहाँ नीति तथा कार्यक्रमलाई निरन्तरता दिने प्रधानमन्त्री म नै हुँ’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीको रूपमा संसदमा धारणा राख्दा अहिलेका प्रतिपक्ष दलका नेताले हिस्टोलिकल इक्सलेन्ट भनेर उठेर हात मिलाउनु भयो । तपाईँहरू सायद देख्नु भयो होला अहिले खोज्यो भने भेटिन्छ ।’
तर, संसदमा पार्टीहरुले धारणा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्ने प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण