नक्कली भुटानी शरणार्थी प्रकरण: शीर्ष नेतामाथि अनुसन्धान गर्न माग
विराटनगर । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख दलका शीर्ष नेतामाथि पनि अनुसन्धान गर्न माग गरेको छ ।
मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापन पत्र दिँदै सो माग गरेको हो । सो अवसरमा समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरूमाथि कारबाही सुनिश्चित गर्न आग्रहसमेत गरेको छ ।
समाजका मोरङका अध्यक्ष प्रा.डा. जीवनकुमार ढकालले मोरङका प्रमुख जिल्ला अधिकारी यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउनु अघि शान्ति समाजले जिल्ला प्रशासन कार्यालय अगाडि कुशासन र दण्डहीनताविरुद्ध धर्नासमेत दिएको थियो । सो धर्नामा माध्यमिक विद्यालय तथा शिक्षालय सङ्घ ‘हिसान’ का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, रोटरियन सुदीप रिजाल, व्याब्सनका अशोक लामा, अधिवक्ता धना थापा, युवा नेता रुपेश खतिवडा, साहित्यकार रामबाबु दाहाललगायत सहभागी थिए ।
‘नक्कली भुटानी शरणार्थी सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेरिहस्तहरुको सूक्ष्म अध्ययन अनुसन्धान गरी दोषीहरू प्रमुख दलका शीर्ष नेताहरूसहित जो कोही हुन् कानुनसम्मत कारबाही सुनिश्चित गर्न, सुशासनको प्रत्याभूति , आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्न र मानवअधिकार मैत्री ऐन बनाई सङ्क्रमणकालीन न्याय पक्रियालाई टुङ्गोमा पु-याउन मानवअधिकार तथा शान्ति समाजको तर्फबाट आग्रह गर्दछौँ,’ सो ज्ञापन पत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण