मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

७२ वटा स्वास्थ्य शिक्षण संस्थालाई स्तरोन्नति गर्न आयोगले आशयपत्र दियो

मङ्गलबार, ०९ जेठ २०८०, २० : ०७
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले ७२ वटा चिकित्सा शिक्षा सम्बन्धीका शिक्षण संस्थालाई आशयपत्र दिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्थाहरुलाई आशयपत्र र सम्बन्धन अनुमोदन तथा स्वीकृति गरेको हो ।  

आयोगले निर्धारण गरेको मापदण्ड अनुसार पुरा गरेका तथा पूर्वाधार भएका, पर्याप्त जनशक्ति भएका संस्थाहरुलाई अनुगमनका आधारमा स्वीकृत दिएको हो । 

आयोगले प्रमाणपत्र तह अन्तर्गत नर्सिङ, एचए, ल्याब, फार्मेसी, रेडियोग्राफी लगायतका विषय पठनपाठनका लागि आशयपत्र दिएको हो । आशयपत्र पाएका कलेजहरूमा ४ वटा नर्सिङ कलेज छन् । अन्यमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्निसियन, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसी लगायत रहेका छन् । 

यी संस्थाहरूले यसअघि टी–एसएलसीका प्रोग्रामहरू सञ्चालन गर्दै आएका थिए । चिकित्सा शिक्षा ऐनका कारण यी शिक्षण संस्थाहरूको पठनपाठन समेत रोकिएको थियो । उनीहरूलाई स्तरोन्नति गरेपछि कार्यक्रम सञ्चालन गर्न दिने भन्दै २०६७ सालदेखि बन्द गरिएको थियो । 

स्तरोन्नतिका लागि १३७ वटा शिक्षण संस्थाहरूले निवेदन पेश गरेका थिए । गत वर्ष ६५ वटालाई आशयपत्र दिइएको थियो । भने यो वर्ष ७२ वटालाई दिइएको आयोगले जनाएको छ । 

आयोगले नयाँ शिक्षण संस्थालाई नभई यसअघि सीटीईभीटीबाट टी–एसलएससीका कार्यक्रमहरूलाई स्तरोन्नतिका लागि अनुमति दिएको हो । 

सीटीईभीटीले सम्बन्धन दिइसकेका संस्थालाई आयोगले नयाँ संस्था भन्ने देखाउनको लागि आशयपत्र दिएको स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मल शर्माले बताए ।  

‘पुरानै संस्थाहरूको स्तरोन्नतिको काम बल्ल सकिएको हो । सीटीईभीटीले उहिल्यै सम्बन्धन दिइसकेको थियो । सीटीईभीटीले सम्बन्धन दिएपछि आयोगले सहमति दिनुपर्ने व्यवस्था भयो । त्यही आधारमा आयोगले सहमति नदिँदा पठनपाठन बन्द भएको थियो,’ उनले भने । 

यो नयाँ सम्बन्धन नभई पुरानैलाई स्तरोन्नतिका लागि आशयपत्र दिएको उनको भनाई छ । पहिला टी–एसएलसीको कोर्ष पढाइरहेका शिक्षण संस्थाहरूको २०७६ सालदेखिको भर्ना रोकिएको थियो । 

आशयपत्र पाएका कलेजहरुले सिटिइभिटी र आयोगको अनुगमनपछि मापदण्ड र पूर्वाधारका आधारमा विद्यार्थी भर्नाका लागि कोटा पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप