युग सुहाउँदो शिक्षण विधिको विकासबारे ३ दिने कार्यशाला सुरु
काठमाडौँ । युग सुहाउँदो शिक्षण विधिको विकासका शिक्षक र प्राध्यापकको कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले तीन दिने कार्यशाला आयोजना गरेको हो ।
सोमबारदेखि सुरु भएको ’२१ औंशताब्दीको शिक्षा: योजना, आवश्यकता र कार्यान्वयन’ विषयक कार्यशालाको खुला विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. गोविन्दसिंह विष्टले उद्घाटन गरेका हुन् । कार्यशाला उद्घाटन गर्दै रजिष्ट्रार विष्टले शिक्षक प्राध्यापकहरु शिक्षण विधिबारे अपडेट हुनुपर्ने आवश्यकता औंल्याए ।
समयानुकूल शिक्षण विधि अवलम्बन गर्नुपर्ने प्रष्ट पार्दै उनले आफूले जानेका कुरा जुन विधिबाट विद्यार्थीले बुझ्छन्, सोही विधि अनुसार अध्यापन गर्नुपर्नेमा जोड दिए । यसकालागि जड हुनुभन्दा नयाँ तरिकाहरूको विकास गर्नुपर्ने उनको भनाइ छ ।
रजिष्ट्रार प्राडा विष्टले विद्यार्थी र विश्वविद्यालय दुवै प्रमाणपत्र केन्द्रित हुँदा सिकाइ प्रभावकारी हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । शिक्षण सिकाइ प्रमाणपत्रका लागि मात्र नभई सिक्न र क्षमता विकासका लागि हुनुपर्ने उनले बताए । गरेर सिक्ने सिकाइका लागि सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनले विद्यार्थीहरू बिदेसिँदा विश्वविद्यालयका कक्षाहरु बिस्तारै रित्ता हुँदै गएका खुलासा गर्दै विद्यार्थीलाई सिकाउने र टिकाउने एवं देशमै बस्न प्रेरित गर्ने शिक्षण सिकाइले मात्र देश निर्माणमा सहयोग पुग्ने प्रष्ट पार्दै त्यसका लागि सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताए ।
उक्त अवसरमा सेन्ट्रल कलेजका प्रिन्सिपल पारस श्रेष्ठले कार्यशालाको औचित्य र महत्त्वमाथि प्रकाश पारेका थिए ।
राजधानीका विभिन्न कलेजमा शिक्षण कार्यमा संलग्न ३ दर्जन बढी शिक्षक र प्राध्यापकको सहभागिता रहेको कार्यशालामा प्राध्यापकहरु पूर्ण लामिछाने, विश्वराज जोशी र गोविन्द न्यौपानेले २१ औं शताब्दीमा शिक्षण विधिको योजना, अनुगमन र कार्यान्वयनबारे सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यशाला बुधवार सम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण