रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण
मस्को । युक्रेसँग सिमाना जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसालेको उक्त क्षेत्रका गभर्नरले मङ्गलबार बताएका छन् ।
गभर्नर व्याचेस्लाभ ग्लाडकोभले टेलिग्राम पोस्टमा त्यस क्षेत्रमा कुनै ठूलो दुर्घटना भने नभएको उल्लेख गरेका छन्र्नु ।
उनले बेल्गोरोड क्षेत्रको ग्रेभोरोन जिल्ला र बोरिसोभ जिल्लामा ड्रोन आक्रमण भएको र थुप्रै निजी आवासीय भवनहरूलाई क्षति पुर्याएको बताएका छन् ।
युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ।
एक युक्रेनी सशस्त्र बल "सबोटेज र टोही समूह" सोमबार बेलगोरोड क्षेत्रमा प्रवेश गरेको रूसी पक्षले जनाएको छ। तर कीभले यस क्षेत्रमा अपरेशनको पछाडि दुई रूसी अर्धसैनिक समूहको हात रहेको बताएको छ ।
बेल्गोरोड क्षेत्र सोमबारदेखि आतङ्कवाद विरोधी अभियानको अधीनमा छ ।- (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण