एक करोड गाडीमा राखेपछि प्रेम राईले भने, ‘अब तपाईंको काम हुन्छ’
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनाकला थापालाई मन्त्री क्वार्टर पुलचोकमै पुगेर १ करोड रुपैयाँ दिएको बयान दिएका छन् । सुरुमा इन्कारी बयान दिएका भण्डारीले थप बयानमा भने थापालाई सो रकम बुझाएको बताएका हुन् ।
त्यस्तै, भण्डारीले तत्कालीन गृह सचिव प्रेमकुमार राईको गाडीमा एक करोड राखेको पनि दाबी गरेका छन् । भण्डारीका अनुसार इन्द्रजीत राईले ‘यो गाडी सचिव ज्यूको हो’ भन्दै उक्त रकम गाडीमा राख्न लगाएर सचिवको कार्यकक्षमा बोलाएका थिए । त्यसपछि राईले ‘अब तपाईंहरुको काम हुन्छ, तपाईंहरु जानु’ भनेर विश्वास दिलाएको भण्डारीको बयानमा उल्लेख छ ।
त्यस्तै, टोपबहादुर रायमाझीलाई २०७६ आसर २८ गते ललितपुरस्थित उनको घरमा गई १ करोड ६० लाख दिएको र बाँकी ४० लाख रुपैयाँ उनको छोरा सन्दीप रायमाझीलाई भुक्तान गरेको बताएका छन् ।
त्यस्तै, भण्डारीको डायरीमा उल्लेख भए अनुसार २०७४/१/४ देखि २०७४/१२/३० सम्म पटक ६९ लाख ६५ हजार ५०० रुपैयाँ सन्दीप रायमाझीलाई दिएको पनि स्वीकार गरेका छन् । टोपबहादुर रायमाझीले आफू र आफ्नो परिवारलाई समेत भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु, त्यसको लागि रकम दिनुपर्छ भनेको हुँदा सो रकम बुझाएको बयानमा जिकिर गरेका छन् ।
सो डायरीमा २०७३/१२/१० देखि २०७४/२/१० सम्म ३ पटक गरी टोपबहादुर रायमाझीले ५ लाख ४५ हजार रुपैयाँ लिएको पनि उल्लेख गरिएको छ । त्यो पनि भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने प्रयोजनका लागि नै बुझाएको भण्डारीले थप बयानमा स्वीकार गरेका छन् ।
त्यसैगरी डायरीमा उल्लेख भएअनुसार २०७६/३/२ गते इन्द्रजीत राईका छोरा निरज राईलाई ५० लाख रुपैयाँ, २०७६/३/२३ मा ३५ लाख रुपैयाँ र २०७६/३/२६ मा निरज राई र इन्द्रजीत राईलाई ६५ लाख रुपैयाँ दिएको कुरा पनि सानु भण्डारीले स्वीकार गरेका छन् । उनले डायरीमा हिसाबपछि सम्झाना हुन्छ भनेर टिपेको बयानमा बताएका छन् ।
आफूले रकम दिए पनि इन्द्रजीत राईले अमेरिका नपठाएपछि रकम फिर्ता माग्दा प्रेमकुमार राईको नाम लिई धाक धम्की दिने गरेको पनि बयानमा दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण