सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

शाही कारकेडको ठक्करबाट महिलाको मृत्यु

बुधबार, १० जेठ २०८०, ०९ : ५८
बुधबार, १० जेठ २०८०

डचेस अफ एडिनबर्गको सुरक्षामा गरिरहेको  प्रहरीको मोटरसाइकलले ठक्कर दिएकी एक महिलाको मृत्यु भएको छ । सो कुरा उनको परिवारले पुष्टि गरेको छ ।

एसेक्सको बिरचेन्जरकी हेलेन हल्यान्डको मे १० मा पश्चिम लन्डनको अर्ल्स कोर्टमा वेस्ट क्रमवेल रोड र वारविक रोडको जङ्कसनमा दुर्घटना भएको थियो । 

उनको परिवारले ८१ वर्षकी उनले लगभग दुई हप्तासम्म जीवनसँग लडेको बताए । तर उनको मस्तिष्कमा अपूरणीय क्षतिका कारण उनको आज निधन भएको परिवारले बताएको छ ।

बकिङ्घम प्यालेसले यसअघि डचेa अफ एडिनबर्ग सोफीले घाइते महिला र उनको परिवारका लागि आफ्नो प्रार्थना गरिरहेको जानकारी दिएको थियो । 

हल्यान्ड आफ्नी बहिनीलाई भेट्न लन्डन पुगेकी थिइन् । उनको त्यति नै बेला दुर्घटना भयो ।

दुर्घटनापछि उनको परिवारले उनी कोमामा रहेको र शुक्रवार उनको अवस्था गम्भीर रहेको बताएको प्रहरीले जानकारी दिएको छ ।

उनको मृत्युको घोषणा गर्दै, उनका छोरा, मार्टिन हल्यान्डले उनकी आमाको थुप्रै हड्डी भाँच्चिएको र ठुलो आन्तरिक चोटपटकका कारण मृत्यु भएको बताए । 

प्रहरीले थप अनुसन्धानका लागि घटनास्थल वरिपरिको फुटेजको अनुसन्धान गर्ने बताएको छ ।

घटनास्थलमा भएका अधिकारीसँग सोधपुछ गरिने र प्रत्यक्षदर्शीलाई अगाडि आउन आग्रह गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप