मन्त्रिपरिषद्लाई पूर्णता
नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमिला कुमारीले लिए शपथ
बुधबार, १० जेठ २०८०, २० : ०५
काठमाडौँ । नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतोले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा महतोले वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यसैगरी शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले पनि शपथ लिएकी छन् । मन्त्री महतोको शपथपछि प्रधानमन्त्री प्रचण्डले शीतल निवासमै आयोजित समारोहका बीच प्रमिला कुमारीलाई राज्यमन्त्रीको शपथ लिएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार महतो र प्रमिला कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए ।
मन्त्री र राज्यमन्त्रीको बुधवार शपथ भएसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण