नक्कली शरणार्थी प्रकरणमा विशेष संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न रवि लामिछानेको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिहरूको विशेष संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै लामिछानेले राज्यका अनुसन्धान गर्ने कुनै निकायको विश्वास गर्न सकिने अवस्था नभएको भन्दै संसदीय समिति बनाएर निष्पक्ष ढङ्गले छानबिन हुनुपर्ने बताएका हुन् ।
उनले भने– ‘भ्रष्टाचार विषयलाई हामीले बारम्बार कुरा उठाउँदै आएका छौँ । ३ राजनीतिक दल बसेर खुसुर खुसुर गरेको विषयमा आशङ्का व्यक्त गर्दै आइरहेका छौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस् । यति मात्र हैन राज्यका पदाधिकारीहरू, अनुसन्धान गर्ने त्यसका निकायका प्रमुखहरूको नाम आइरहेको छ ।’
उनले अगाडि भने– ‘यो कुनै अँध्यारो कोठामा कुनै गल्लीमा भएको क्रियाकलाप छैन, दिउँसै दिन दहाडै दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएका यस्ता विषय आइरहेका छन् । यहाँ मुछिएका मान्छेहरू हेर्नुस्, यो देशमा हामीले कसलाई विश्वास गर्ने । त्यसकारण यो विश्वासको वातावरण बन्द भएको छ, यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ । जुन जुन यसमा लागेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण नभएकोले सम्माननीय सभामुखमार्फत यो अनुरोध गर्न चाहन्छु कि जस जसको नाम आएको छ तिनीहरूलाई छानबिनको दायरामा ल्याउन नहुने, सोधपुछ समेत गर्न नहुने गरी किन डराएको हो ?’
उनले गृहमन्त्रीले प्रधानमन्त्रीले मुटु दह्रो छ भनेको बताउँदै उनीहरूको मुटु दह्रो छ कि छैन कहाँ गएर चेक गर्ने ? भन्दै प्रश्न गरे ।
लामिछानेले भने– ‘हामीले देखिरहेका छौँ, यसकारण हरेक नाम आएका मानिससँग सोधपुछ हुनुपर्यो, उनलाई कारबाहीको दायरामा ल्याउनुपर्यो । हाम्रा हकमा, आम नागरिकको हकमा बयान दिन आउँछु भन्दा भन्दै धरपकड गएर लिएर गएको अभ्यास छ । न्यूजरुमबाट समातिएको मान्छे म यहीँ छु । मान्छेले अडियो दिएका छन्, प्रहरी प्रमुखले अडियो सही हो भनेका छन्, एक पटक सोधपुछका लागि बोलाउन नहुने को हुन उहाँहरू ?’ यो प्रकरणले नेपालको ठुलो अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै लामिछानेले सो प्रकरणमा जोडिएकाहरूको छानबिन गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण