अनुसन्धानरत विषय लिक भएकोबारे गृहमन्त्रीसँग प्रहरी नेतृत्वको छलफल
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा भेटिएका विषय चुहिएको बारेमा उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आईजीपी वसन्त कुँवरसँग छलफल गरेका छन् । भेटमा अधिकांश अतिरिक्त महानिरीक्षक (एआईजी) हरू पनि सहभागी थिए । गृह मन्त्रालयमा आयोजित छलफलमा अनुसन्धानको क्रममा भेटिएको तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र केशवप्रसाद दुलालको बीचमा भएको ‘च्याट’ बाहिरिएकोबारे छलफल भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दाको मुख्य योजनाकार मध्येका हुन् केशव दुलाल ।
गृह–सचिव पाण्डेसँग दुलालले तत्कालीन उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरसँग भेट्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । म्यासेजमा दुलाल र पाण्डेको बिचमा कुँवरलाई आर्थिक ‘सपोर्ट’ गर्ने विषयमा भएको कुरा बाहिरिएको छ । अनुसन्धानको विषय बाहिरिएको बारेमा छानबिन गर्ने निर्णय भएको बैठकमा सहभागी एक जना एआईजीले रातोपाटीलाई बताए । ती एआईजी भन्छन्– ‘गृहमन्त्रीज्यूले त्यसबारे छानबिन गरिने बताउनुभएको छ ।’
अनुसन्धानको क्रममा आएका विषय प्रहरी भित्रको आन्तरिक अस्वस्थ प्रतिस्पर्धाकै कारण बाहिरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण