शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ऋण तिर्न तयार छु, संयन्त्र खडा गरियोस् : सांसद बज्राचार्य

बुधबार, १० जेठ २०८०, १४ : ४३
बुधबार, १० जेठ २०८०

काठमाडौँ । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले राज्यमाथि परेको ऋण तिर्न आफू तयार रहेको बताएका छन् । 

बुधबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनले आफ्नो भागमा परेको ऋण तिर्न तयार रहेको तर त्यसका लागि संयन्त्र खडा गर्नुपर्ने बताए । देशका एक नागरिकको भागमा परेको ७३ हजार रुपैयाँ बराबरको ऋण आफू तिर्न तयार रहेको उनले बताए । सरकारले  ऋण उठाउन संयन्त्र खडा गर्नुपर्ने उनको माग छ । 

सांसद बज्राचार्यले राज्यको सहजताका लागि आफू ऋण तिर्न तयार रहेकाले सरकारले त्यसको व्यवस्था गर्नुपर्ने बताए । 

‘देशका एक नागरिकमाथि ७३ हजार रुपैयाँ ऋण रहेछ । म तिर्न तयार छु । कहाँ बुझाउने देखाइदिनु होला,’ उनले भने, ‘ऋण लागेपछि तिर्नुपर्छ । लाग्यो भनेर मात्र हुन्न । नतर्ने भन्ने पनि हुँदैन । प्रदेश सरकारले ऋण रकम तिर्न चाहेकाहरुको रकम संकलनको लागि संयन्त्र खडा गरोस् ।’

सांसद बज्राचार्यले प्रदेश सरकारले समग्र रूपमा समानुपातिक विकासमा जोड दिनुपर्ने बताए । काठमाडौँको हनुमान ढोका क्षेत्रमा २४ सै घण्टा चुस्त सुरक्षा व्यवस्था मिलाएर पर्यटकहरुको आगमनमा सहजता प्रदान गर्नुपर्ने उनको भनाई छ । विश्व सम्पदा सूचिमा रहेका स्थानहरू देशको आर्थिक क्षेत्रको मेरुदण्ड रहेकाले त्यसलाई व्यवस्थित बनाएर पर्यटक भित्राउनु पर्ने उनले बताए । सो क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन सकेको खण्डामा १० गुणासम्म पर्यटक वृद्धि गर्न सकिने उनको भनाई छ ।

सांसद बज्राचार्यले उत्पादन र पर्यटनमा गरेको लगानीले कुनै व्यक्तिभन्दा पनि राज्यलाई नै फाइँदा पुग्ने बताए । सरकार जोड घटाउको अंक गणितमा अड्किनुभन्दा पनि नागरिक लक्षित कार्यक्रमहरू ल्याएर विकास र समृद्धिमा अग्रसर हुनुपर्ने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप