कक्षा लिएर मुस्कुराउन सिक्दै युवा–युवती

करिब तीन वर्षसम्म मास्क लगाएका धेरैजसो जापानी मुस्कुराउने तरिका सिक्न ‘मुस्कान कक्षा’मा भर्ना भइरहेका छन् ।
मुस्कुराउनु स्वाभाविक प्रतिक्रिया थियो तर पछिल्लो समयमा भने धेरै जापानीहरू स्वाभाविक रूपमा हाँस्न असमर्थ छन् किनभने उनीहरूको अनुहार पछिल्लो तीन वर्षदेखि मास्कले ढाकिएको थियो । त्यसैले तीमध्ये कतिपयले अहिले मुस्कुराउन सिकाउने शिक्षकलाई पैसा तिरेर स्वाभाविक रूपमा मुस्कुराउने तरिका सिकिरहेका छन् । उनीहरू विशेष कक्षामा सहभागी हुन्छन् जहाँ उनीहरूलाई आफ्नो अनुहारका विभिन्न भागहरू र उनीहरूको घाँटीको मांसपेशीलाई राम्रोसँग मुस्कुराउनका लागि कसरी प्रयोग गर्ने भनेर सिकाइने गरिन्छ ।
‘मुस्कान त्यति बेला मात्रै मुस्कान हुन्छ जब यो व्यक्त गरिन्छ,’ एक रेडियो व्यक्तित्वबाट उद्यमी बनेकी केइको कवानोले द जापान टाइम्सलाई भनिन् । ‘मुस्कुराउने सोच बनाइरहनुभएको छ र तपाईं खुसी हुनुहुन्छ तर तपाईंसँग अभिव्यक्त गर्ने तरिका छैन भने यो अरूमाझ पुग्न सक्दैन ।’
कवानोका अनुसार उनले हालसम्म ४ हजार जनालाई कक्षामार्फत मुस्कुराउन सिकाइसकेकी छिन् । यस्तै, उनले ७०० सर्टिफाइड ‘स्माइल स्पेसलिस्ट’ लाई तालिम दिइसकेको पनि बताइन् । कवानोले आफ्नो यो करियर सन् २०१७ देखि सुरु गरेकी थिइन् । यद्यपि, मेडिकल मास्क लगाउन क्रमशः कम भएसँगै उनको सेवाको मागमा व्यापक वृद्धि भएको छ ।
‘मास्क हटाउन मिले पनि धेरै मानिसले आफ्नो अनुहारको आधा भाग छोपिराख्न चाहेको बताउने गरेको सुनेकी छु । कतिले आफूलाई मुस्कुराउनै नआएको पनि बताइरहेका छन्,’ मुस्कुराउन तालिम दिने मिहो कितानोले भनिन् ।
कितानोका अनुसार मुस्कुराउन सिक्नु भनेको शरीरको अन्य अङ्गलाई तालिम दिए सरह हो । उनी भन्छिन्, ‘यहाँ मांसपेशीको कुरा आउँछ, त्यसैले एक्सप्रेसिभ फेसियल मसल्सको व्यायाम गर्नु सबैभन्दा महत्त्वपूर्ण छ ।’
मुस्कुराउन सिकाउने कक्षा स्ट्रेचिङ सेसनबाट सुरु हुन्छ । त्यसपछि सहभागीलाई एउटा ऐना हेर्न लगाइन्छ र प्रशिक्षकले भने जसरी अनुहारको मांसपेशीलाई लचिलो पार्न सिकाइन्छ । यो सिकिराख्दा सहभागीले आफू कस्तो देखिएको छु भनेर पनि हेर्न सक्छन् ।
यहाँ रोचक कुरा के छ भने अनुहारको भावमार्फत आफ्नो भावना व्यक्त गर्न नसक्ने भएकोले जापानको संस्कृतिमा यस्ता कक्षा लिने परम्परा दशकौँ अघिदेखि रहँदै आएको छ । तर यसको चर्चा कोभिडपछि ह्वात्तै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान
-
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?
-
राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन
-
शिक्षा मन्त्रालयले रोक्यो कोरियाको एनओसी
-
पूर्वाधारका सबै परियोजना पुनःप्राथमिकीकरण : प्रधानमन्त्री