मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्राथमिक स्वास्थ्य केन्द्र कोहल्वीमा २४ घण्टा सेवा सुरु

बुधबार, १० जेठ २०८०, २० : ४७
बुधबार, १० जेठ २०८०

बारा । कोहल्वी नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आज बुधबारदेखि २४ घण्टा आकस्मिक र प्रसूति सेवा सुरु गरेको छ । नगरपालिकाले बुधबार कार्यक्रमको आयोजना गरेर २४ घण्टा प्रसूति तथा आकस्मिक सेवा सुरु गरेको जनाएको हो । 

प्राथमिक स्वास्थ्य केन्द्रमा ओपिडी, एक्स-रे, ल्याब, गर्भवती महिलाहरूका लागि भिडियो एक्सरेसहित सम्पूर्ण सेवा, सर्वदंश र रेबिजको उपचार हुने डाक्टर मुकुन्द यादवले बताए ।  

नगरवासीलाई २४ घण्टा स्वास्थ्य सेवा दिन कोहल्वी नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई  आलोपालो खटाउने भएको छ ।  ‘अहिले हामीसँग २ जना मेडिकल अधिकृतहरु मात्रै हुनुहुन्छ, थप ३ जना मेडिकल अधिकृत भए भने हामीले गुणस्तरीय र प्रभावकारी सेवा दिन सक्छौं’ डा। यादवले भने ।

कोहल्वी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले प्राथमिक स्वास्थ्य केन्द्रलाई २४ सैं घण्टा सेवा प्रदान गर्न प्रदेश सरकारबाट ल्याब अनुदानमा प्राप्त भएको र नगरपालिकाले एक्स-रे मेसिनको व्यवस्था गरेको बताए ।

 ‘म गत वर्ष निर्वाचित भएलगत्तै यहाँका बिरामी कलैया, वीरगन्ज, हेटौंडा जान नपरोस् भनेर घोषणा गरेको थिए । आज निर्वाचित भएको १ वर्षको अवधिमा जनतालाई हामीले यो सेवा सुरु गरेका छौं’ नगरप्रमुख चौधरीले भने । 

स्वास्थ्य केन्द्र ५ शैश्याको रहेको  छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप