प्राथमिक स्वास्थ्य केन्द्र कोहल्वीमा २४ घण्टा सेवा सुरु
बारा । कोहल्वी नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आज बुधबारदेखि २४ घण्टा आकस्मिक र प्रसूति सेवा सुरु गरेको छ । नगरपालिकाले बुधबार कार्यक्रमको आयोजना गरेर २४ घण्टा प्रसूति तथा आकस्मिक सेवा सुरु गरेको जनाएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा ओपिडी, एक्स-रे, ल्याब, गर्भवती महिलाहरूका लागि भिडियो एक्सरेसहित सम्पूर्ण सेवा, सर्वदंश र रेबिजको उपचार हुने डाक्टर मुकुन्द यादवले बताए ।
नगरवासीलाई २४ घण्टा स्वास्थ्य सेवा दिन कोहल्वी नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई आलोपालो खटाउने भएको छ । ‘अहिले हामीसँग २ जना मेडिकल अधिकृतहरु मात्रै हुनुहुन्छ, थप ३ जना मेडिकल अधिकृत भए भने हामीले गुणस्तरीय र प्रभावकारी सेवा दिन सक्छौं’ डा। यादवले भने ।
कोहल्वी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले प्राथमिक स्वास्थ्य केन्द्रलाई २४ सैं घण्टा सेवा प्रदान गर्न प्रदेश सरकारबाट ल्याब अनुदानमा प्राप्त भएको र नगरपालिकाले एक्स-रे मेसिनको व्यवस्था गरेको बताए ।
‘म गत वर्ष निर्वाचित भएलगत्तै यहाँका बिरामी कलैया, वीरगन्ज, हेटौंडा जान नपरोस् भनेर घोषणा गरेको थिए । आज निर्वाचित भएको १ वर्षको अवधिमा जनतालाई हामीले यो सेवा सुरु गरेका छौं’ नगरप्रमुख चौधरीले भने ।
स्वास्थ्य केन्द्र ५ शैश्याको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण