कस्ता बङ्गलादेशीलाई अमेरिकाको भिसा पाउन मुस्किल
बङ्गलादेशमा सन् २०२४ मा आम निर्वाचन हुँदै छ । यी चुनावअघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बङ्गलादेशका लागि नयाँ भिसा नीति घोषणा गरेका छन् ।
अमेरिकाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न अध्यागमन तथा नागरिकता कानुन अन्तर्गत नयाँ भिसा नीति ल्याएको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रीले भने, ‘कसैले प्रजातान्त्रिक रूपमा सम्पन्न निर्वाचनमा बाधा पुर्याएको पाइए उसको भिसामा प्रतिबन्ध लगाउन सकिन्छ ।’
यसमा बङ्गलादेश सरकार र विपक्षी दलका नेताहरू, कानुनी संस्थाका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाहरू पनि सहभागी हुनेछन् ।
अमेरिकाले यो निर्णय यस महिनाको सुरुमा बङ्गलादेश सरकारलाई अवगत गराएको बताएको छ ।
अमेरिकाले ती कुराबारे पनि बताएको छ, जसलाई चुनावी प्रक्रियामा बाधा मानिने छ । जस्तै, भोटको हेरा फेरी, हिंसाको प्रयोग ।
अमेरिकाले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु मतादाता होउन् कि राजनीतिक दल सबैको दायित्व भएको बताएको छ । यस्तै, सरकार, सामाजिक संस्था र मिडियाको पनि यस्तै जिम्मेवारी भएको बताएको छ ।
बङ्गलादेशमा सन् २०२४ को जनवरीमा निर्वाचन हुँदै छ । हाल बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना हुन् र उनी पाँचौँ पटक प्रधानमन्त्री बन्ने उद्देश्यले चुनावी मैदानमा उत्रने छन् ।
शेख हसिनाकै नाममा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेको कीर्तिमान पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण