आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कस्ता बङ्गलादेशीलाई अमेरिकाको भिसा पाउन मुस्किल

बिहीबार, ११ जेठ २०८०, ०९ : ३९
बिहीबार, ११ जेठ २०८०

बङ्गलादेशमा सन् २०२४ मा आम निर्वाचन हुँदै छ । यी चुनावअघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बङ्गलादेशका लागि नयाँ भिसा नीति घोषणा गरेका छन् ।

अमेरिकाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न अध्यागमन तथा नागरिकता कानुन अन्तर्गत नयाँ भिसा नीति ल्याएको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रीले भने, ‘कसैले प्रजातान्त्रिक रूपमा सम्पन्न निर्वाचनमा बाधा पुर्‍याएको पाइए उसको भिसामा प्रतिबन्ध लगाउन सकिन्छ ।’

यसमा बङ्गलादेश सरकार र विपक्षी दलका नेताहरू, कानुनी संस्थाका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाहरू पनि सहभागी हुनेछन् ।

अमेरिकाले यो निर्णय यस महिनाको सुरुमा बङ्गलादेश सरकारलाई अवगत गराएको बताएको छ ।

अमेरिकाले ती कुराबारे पनि बताएको छ, जसलाई चुनावी प्रक्रियामा बाधा मानिने छ । जस्तै, भोटको हेरा फेरी, हिंसाको प्रयोग । 

अमेरिकाले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु मतादाता होउन् कि राजनीतिक दल सबैको दायित्व भएको बताएको छ । यस्तै, सरकार, सामाजिक संस्था र मिडियाको पनि यस्तै जिम्मेवारी भएको बताएको छ । 

बङ्गलादेशमा सन् २०२४ को जनवरीमा निर्वाचन हुँदै छ । हाल बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना हुन् र उनी पाँचौँ पटक प्रधानमन्त्री बन्ने उद्देश्यले चुनावी मैदानमा उत्रने छन् ।

शेख हसिनाकै नाममा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेको कीर्तिमान पनि छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप