बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले ज्येष्ठ सदस्यदेखि विदेशबाट फर्किएका सम्मलाई सक्रिय बनाउँदै

बिहीबार, ११ जेठ २०८०, १२ : ४०
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ज्येष्ठ कम्युनिस्ट मञ्चदेखि विदेशबाट फर्किएका युवासम्मलाई सक्रिय बनाउने भएको छ । माओवादीको केन्द्रीय सल्लाहकार समितिको बैठकले ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समिति र विदेशबाट फर्किएका युवालाई सङ्गठित गरेर सक्रिय बनाउने निर्णय गरेको हो ।

यस विषयमा थप योजना बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जेठ १६ गते  ज्येष्ठ कम्युनिस्ट र केन्द्रीय सल्लाहकार समितिको बैठक बोलाएको पार्टीका मुख्यसचिव श्रीराम ढकालले बताए । पार्टीमा निष्क्रिय भई बसेका पुराना नेता कार्यकर्तालाई सक्रिय बनाउन केन्द्र र प्रदेशका ज्येष्ठ र सल्लाहकारको संयुक्त बैठक बोलाइएको उनले बताए । 

तत्कालीन नेकपाले ज्येष्ठ कम्युनिस्ट मञ्च बनाए पनि खास्सै सक्रिय हुन पाएको थिएन । सर्वोच्चको फैसलापछि पनि माओवादीले दुवै सङ्गठनलाई सक्रिय बनाउन सकेको थिएन । अब केन्द्र र प्रदेशका ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समितिलाई सक्रिय बनाउने तयारी गरिएको हो । ‘हामीले ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समिति मात्रै होइन । पार्टीका सबै जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउन लागेका छौँ’ ढकालले भने, ‘पार्टीलाई एउटा गति दिने भन्ने छ । त्यसको सुरुवात ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समितिबाट भयो ।’ पार्टीमा योगदान गरेका नेता कार्यकर्तालाई दुवै समितिमा राख्न सकिने ढकालले बताए ।   

विदेशबाट फर्किएकालाई सक्रिय बनाइने

माओवादीले विदेशबाट काम गरेर फर्किएकालाई पार्टीमा जोड्न रिटर्नी सेन्टर नेपाल भनेर भातृ सङ्गठन गठन गर्ने भएको छ । गत जेठ ३ गतेदेखि ५ गतेसम्म बसेको पदाधिकारी बैठकले पार्टीको भातृ सङ्गठनको रूपमा रिटर्नी सेन्टर नेपाल गठन गर्ने निर्णय गरेको हो । 

रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेला आगामी २६ गते काठमाडौँमा हुने भएको छ । राष्ट्रिय भेला गर्न संयोजन गर्न पार्टीका हेमन्त पौडेल र देवेन्द्र सम्वाहाम्फेलाई जिम्मेवारी दिएको छ । राष्ट्रिय भेलाबाट नयाँ नेतृत्व चयन गरेर सङ्गठन निर्माण गरिने भएको छ । यो भातृ सङ्गठन माओवादीले नयाँ थपेको हो । यो सङ्गठन भावी नीति निर्माण तय गर्न सहज हुने भएकाले प्रभावकारी हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप