काभ्रे टिम च्याम्पियन, सोहन र पेमा उत्कृष्ट मुक्केबाज
काठमाडौं । मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा ‘दोस्रो बागमती प्रदेश खेलकुद’ को बक्सिङतर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन् । हेटौडास्थित कभर्डहलमा बिहीबार सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौलसमूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजी तौलसमूहमा स्वर्ण विजेता पेमा उत्कृष्ट मुक्केबाज बनेका हुन् ।
सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्ज्वल श्रेष्ठलाई ५–० ले हराए । पेमाले पनि फाइनलमा चितवनकी नतिसा थापामगरलाई ५–० ले पराजित गरिन् । प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कांंस्य पदकसहित टिम च्याम्पियन बन्यो ।
यसैगरी ३ स्वर्ण, ३ रजत र ३ कांंस्य पदकसहित काठमाडौं दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ३ स्वर्ण हात पा¥यो । प्रतियोगिताको पुरुष ४८ केजीभन्दा मुनिको तौलसमूहमा काभ्रेका लक्ष्मण राईले स्वर्ण र लतिलतपुरका प्रकाश कठायतले रजत पदक जिते ।
पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले स्वर्ण पदक जिते । फाइनलमा लालप्रसादले मकवानपुरका शशी विक र मदनले काभ्रेका सुलभ डंगोललाई समान ५–० ले हराएका हुन् ।
यसैगरी पुरुष ५७ केजीमा नुवाकोटका निरन्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई ३–३ ले हराउँदै स्वर्ण जिते । ६० केजी तौलसमूहमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले स्वर्ण जिते । फाइनलमा सागरले मकवानपुरका अनिष मुलामीलाई र विकासले सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई ५–० ले हराए ।
यसैगरी पुरुष ७५ केजीमा काठमाडौंका अश्विनधीरण श्रेष्ठले फाइनलमा नुवाकोटका आषिश पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सबिन महतलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । ८६ केजी तौलसमूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउँदै स्वर्ण जिते । ९२ केजीमाथि काठमाडौंका संजोक गुरुङले पहिलो राउन्डमा नै काठमाडौंका शुभम पाठकलाई हराउँदै स्वर्ण आफ्नो बनाए ।
महिलातर्पm ४८ केजीमा सिन्धुलीका रमिशा श्रेष्ठले फाइनलमा काभ्रेकी पूर्णिमा तामाङलाई र ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवालले काठमाडौंकी उर्वशी श्रेष्ठलाई हराउँदै स्वर्ण पदक जिते । महिला ६० केजीमा नुवाकोटकी रक्षा जिसीले फाइनलमा चितवनकी जस्मिन गुरुङलाई पहिलो राउन्डमै हराउँदै स्वर्ण आफ्नो बनाइन् ।
यसैगरी महिला ६३ केजीमा काभ्रेकी जिबिका थापा र ६६ केजीमा काभ्रेकै प्रतिशा राईले स्वर्ण पदक हात पारे । फाइनलमा जिबिकाले काठमाडौंकी सन्जना पुजारीलाई र प्रतिशाले चितवनकी तृष्णा गुरुङलाई हराइन् । महिलाकै ७५ केजीमा काभ्रेकी शीला महर्जनले फाइनलमा चितवनकी तनिशा महर्जनलाई हराउँदै स्वर्ण पदक प्राप्त गरिन् ।
प्रतियोगिताको विजयी टोली खेलाडीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद् बागमतीका कार्यालय प्रमुख देवनारायण चौधरी, प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघका सदस्य धनकुमार मैनाली, आईटीओ तथा टेक्निकल डेलिगेट पुस्करराज पन्त, बक्सिङका पूर्वप्रमुख प्रशिक्षक प्रकाश थापामगरलगायतले पुरस्कार वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण