लुम्बिनी प्रदेशका अधिकांश उद्योग रुपन्देही र नवलपरासीका कोरिडोरमा
बुटवल । लुम्बिनी प्रदेशका अधिकांश उद्योग रुपन्देही र नवलपरासीका कोरिडोरमा रहेका छ प्रदेशका १२ जिल्लामा रहेका उद्योग मध्ये ५० प्रतिशत उद्योग रुपन्देही र नवलपरासीको कोरिडोरमा रहेका हुन् ।
बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम आईसिएफसँगको अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले उक्त तथ्याङ्क प्रस्तुत गरे ।
उनका अनुसार लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेका छन् ।
उनले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षक क्षेत्र रहेको बताउँदै त्यसमा पनि पहिलो रोजाइ सेवामूलक, उत्पादनमूलक र पर्यटन क्षेत्रमा रहेको बताए । त्यसबाहेक लुम्बिनी प्रदेशमा ठुला ८८२, घरेलु तथा साना उद्योग करिब २५ हजार र करिब १ लाख ५० हजार व्यावसायिक प्रतिष्ठान रहेका छन् ।
तराईका ६ र पहाडका ६ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको जम्मा क्षेत्रफल २२ हजार २८८ वर्ग कि.मि. छ । यो प्रदेशमा बनपैदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको उनको भनाइ छ ।
_D9ldKRV6ru.jpg)
लुम्बिनी प्रदेशमा दुई औद्योगिक क्षेत्र, भैरहवामा विशेष आर्थिक क्षेत्र छ । त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक कोरिडोर रहेका छन् । यी कोरिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कुल उद्योगका ५० प्रतिशत उद्योग रहेका छन् । त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्र, बाँकेमा नौवस्ता औद्योगिक क्षेत्र रहेका छन् । यी औद्योगिक क्षेत्रको निर्माण र सञ्चालनको ढिलाइले उद्योग विस्तार र वैदेशिक लगानीमा तीव्रता आउन नसकेको बताइएको छ ।
त्यस्तै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भए पनि नीतिगत अस्पष्टताका कारण पर्याप्त लगानी आकर्षित हुन नसकेको बताए । उनले व्याजदरमा भएको अस्वाभाविक वृद्धिका कारण भएका उद्योग प्रतिष्ठान पनि धान्न धौधौ भएको बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. का प्रमुख, आवासीय प्रतिनिधि बाबाकर एस फेईले निजी क्षेत्रसँगको साझेदारीमा अत्यावश्यक सेवाहरू विद्युत, दूरसञ्चार, यातायात, खानेपानी सरसफाइ जस्ता पूर्वाधार परियोजनाहरूको विकासमा सहयोग गर्न तयार रहेको बताए ।
भैरहवा–परासी क्षेत्रमा स्टिल, मैदा, चामल, कार्पेट, डनलप, ह्विस्की, बियर, सफ्ट ड्रिङ्क, चाउचाउ, जुत्ता–चप्पल, ग्यास, पेट्रोलियम पदार्थ, दाना, अटो, प्लास्टिक, सनमाइका, पाइप, एंगलपत्ती ब्लक, कङ्क्रिट, रेडिमिक्सलगायतका दर्जनौँ उद्योग सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण