वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै
मनाङ । प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ ।
डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–१ सिरानतालमा सुक्खा पहिरो खसेको छ । सुक्खा पहिराका कारण सडक अवरुद्ध भएको नासो–५ का वडाध्यक्ष थुदेन लामाले जानकारी दिए । “वर्षायाम सुरुआत हुनासाथ मनाङमा जोखिम बढेको छ, यात्रुमात्रै आवतजावत गर्नसमेत सकस भएको छ”, उनले भने ।
उनका अनुसार बुधबार साँझदेखि चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । “अवरुद्ध सडक आजदेखि खुलाउने प्रयास भएको छ, उक्त सडकअन्तर्गत अन्य स्थानमा भने अवरुद्ध रहेको छैन”, उनले भने ।
दुई वर्षअघि पहिराका कारण भत्किएको सडक मर्मत गर्दा रहेका चट्टान खसेर अवरुद्ध भएको सडक खुलाउन एस्काभेटर ल्याउँदै गरेको डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयका सब इञ्जिनियर सुमन अधिकारीले जानकारी दिए । “पहिरो खसेको स्थानमा आइपुगेका छौँ”, आज सडक खुलाउने प्रयासमा जुटेका छौँ”, उनले भने, “आज मनाङ मात्रै नभई प्रदेशमा नै मौसम प्रतिकूल देखाएको छ, तर पनि यहाँको मौसम सफा त छैन, अनुकूल नै रहेमा आजै सडक खुल्छ ।”
वर्षायाम वा अन्य समयमा पनि मनाङको यात्रा सहज भने छैन । वर्षायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ । वर्षायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किँने हुँदा मनाङवासी तथा पर्यटक आवतजावतमा समस्या हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण