बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

बिहीबार, ११ जेठ २०८०, १६ : २८
बिहीबार, ११ जेठ २०८०

दाङ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा  त्यसमा सवार  एक महिलाको  मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । जीपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण  गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो । शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउने गर्थिन् । उनलाई  विद्यालयमा  जाने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप