जर्मनी मन्दीको चपेटामा, महँगीको मारले जनताको मुस्किल बढ्यो
जर्मनी आर्थिक मन्दीको चपेटामा छ । यस वर्षको सुरुवाती महिनामा, युरोपको सबैभन्दा ठुलो अर्थतन्त्रमा मन्दी सुरु भएको थियो । वास्तवमा, देशमा उच्च मुद्रास्फीति दरका कारण, उपभोक्ता खर्च घटेको छ ।
जर्मनीमा पहिलो त्रैमासिकमा जिडिपीमा ०.३ प्रतिशतले गिरावट आएको छ । गत वर्षको अन्तिम त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव ५ प्रतिशतले गिरावट आएको थियो ।
लगातार दुई त्रैमासिकमा जिडिपीमा नकारात्मक वृद्धिपछि अर्थव्यवस्थामा औपचारिक रूपमा मन्दी आउने गर्छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरले भने, ‘जर्मनीको जिडिपी डाटाले आश्चर्यजनक रूपमा नकारात्मक सङ्केत देखाउँदै छ ।’
उनले अन्य विकसित देशको अर्थतन्त्रको तुलनामा जर्मनीले आफ्नो विकास क्षमता गुमाउँदै गएको बताए ।
जर्मनीका आर्थिक मामिला मन्त्री रोबर्ट ह्युबाचले भने, ‘ऊर्जा आपूर्तिमा देशको रुसमाथिको निर्भरता रहनु, हाम्रो लागि हानिकारक साबित भएको छ । यसले देशलाई मन्दीतर्फ धकेलेको छ तर वृद्धिको सम्भावना पहिलाभन्दा धमिलो देखिएको थियो ।’
जर्मनीमा घरायसी उपभोग त्रैमासिक दर त्रैमासिक १.२ प्रतिशतले घटेको छ । सरकारले पनि पछिल्लो त्रैमासिकको तुलनामा सार्वजनिक खर्च ४.९ प्रतिशत कम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण